आफ्नी आमाको उपहार बाँड्दै लुक्काका बालबालिकासँग बलिउड अभिनेता अनुपम

आफ्नी आमाको उपहार बाँड्दै लुक्काका बालबालिकासँग बलिउड अभिनेता अनुपम

काठमाडौं । बलिउड अभिनेता अनुपम खेर यतिबेला नेपालको लुक्लामा छन् । उनीहरु बलिउड फिल्म ‘उचाइ’ को छायांकनका लागि सुटिक युनिट नेपालमा छन् । 

अभिनेता अनुपमले लुक्लाका बालबालिकाहरुलाई भारतबाट आफ्नी आमाले पठाइदिएको स्वीटर उपहार दिएका छन् । आमा दुलारी खेरले आफ्नै हातले बुनेका स्वेटरहरू यहाँ बालबालिबालाई दिएका हुन् । 

बालबालिकालाई स्वेटर दिँदै गर्दाको भिडियो उनले ट्विटरमा पोस्ट गरेका छन् । भिडियो सँगै उनी लेख्छन्, “आमाले बुन्नु भएका स्वेटरहरू । उहाँ यी स्वेटरहरू म आफैँले उपहार स्वरूप देओस् भन्ने चाहन्थिन् । मैले लुक्लाका बालबालिकालाई बोलाएर उनीहरूलाई मनपर्ने रङगको स्वेटर छान्न भने । उनीहरू धेरै खुसी भए र चिच्याउँदै दुलारी धन्यवाद अनि दुलारी रक्स भने ।”