कन्टेनरभित्र अलपत्र अवस्थामा छोडिएका नेपालसहित विभिन्न देशका १२६ आप्रवासीलाई ग्वाटेमाला प्रहरीले उद्दार गरेको छ । कन्टेनरभित्र ठूलो स्वरमा रोएको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
अमेरिका लैजाने भनेर ठूलो रकम असुलेर मानव तस्करको एउटा समूहले उनीहरूलाई अलपत्र छोडिदिएको हुन सक्ने ग्वाटेमाला प्रहरीले अनुमान गरेको छ ।
उद्दार गरिएकामध्ये १०० जना संकटग्रस्त हेइटीका नागरिक भएको बुझिएका छ । बाँकी नेपाल, घाना र अन्य देशका नागरिक छन् । पछिल्लो समय अवैधरुपमा अमेरिका प्रवेश गर्ने नेपालीको संख्या बढेको तथ्यांकले देखाउदछ ।