रामायणका रावनको निधन

रामायणका रावनको निधन

मुम्बइ । लोकप्रिय पौराणिक टेलिसिरियल ‘रामायण’मा ‘रावण’को भूमिका निर्वाह गरेका कलाकारअरविन्द त्रिवेदीको निधन भएको छ । ८२ वर्षका अरविन्दको हृदयघातबाट मंगलबार निधन भएको पारिवारिक स्रोतलाई उदृत गर्दै भारतीय संचारमाध्यमले जनाएको छ । 

अरविन्दले पौराणिक टेलिश्रृंखला रामायणमा लंकाका राजा रावणको भूमिका निभाएका थिए । उनले जीवनकालमा ३ सयभन्दा बढि हिन्दी र गुजराती फिल्ममा अभिनय गरेका छन् ।

अभिनेता त्रिवेदीको मृत्युपछि उनका सहकर्मी अरुण गोविल, सुनिल लहरी, दीपिका चिखलियालगायत थुप्रै कलाकारहरुले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिएका छन् । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सामाजिक सञ्जालमार्फत त्रिवेदीको मृत्युप्रति श्रद्धाञ्जली दिएका छन् ।