६ घन्टा चलेनन् फेसबुक, ह्वाट्सयाप र इन्स्टाग्राम

६ घन्टा चलेनन् फेसबुक, ह्वाट्सयाप र इन्स्टाग्राम

सामाजिक सन्जालहरु फेसबुक, ह्वाट्सयाप र इन्स्टाग्रामले फेरि काम गर्न थालेका छन् । विश्वभर सोमबार रातिबाट ६ घन्टा नचलेका यी तीन सामाजिक सन्जालले अब विस्तारै काम गर्न थालेको फेसबुकले जनाएको छ ।

यी तीन वटै सामाजिक सन्जाल फेसबुकका हुन् । अनि तीन वटै सामाजिक सन्जालहरु वेबमा वा स्मार्टफोनमा पनि चलेका थिएनन् ।

नेपालमा पनि यी तीन सामाजिक सन्जालका एपहरु चलेका थिएनन् ।

सूचना प्रविधिको विषयमा यस्तो प्रक्रियालाई ट्र्याक गर्ने डाउनट्र्याकरले जनाएअनुसार अहिलेसम्म विश्वमा भएको सबैभन्दा ठूलो आउटरेज यो हो । यसका कारण विश्वभरका सबै देशका सामाजिक सन्जाल प्रयोगकर्तालाई असर परेको पनि बताइएको छ ।

फेसबुकले आफ्नो सर्भिस डाउन भएपछि अर्को सामाजिक सन्जाल ट्विटरमा एक ट्विट गर्दै माफी मागेको थियो ।