बुद्ध एयर प्रकरण : जहाजमा खराबी छैन, इडिकेटर पालना भएन

बुद्ध एयर प्रकरण : जहाजमा खराबी छैन, इडिकेटर पालना भएन

काठमाडौं । गत सोमबार विराटनगरका लागि उडेको विमान त्यहाँ ल्याण्ड गर्न नसकेर काठमाडौमै ल्याण्ड गरेको बुद्ध एयरको जहाजमा कुनै खराबी नभएको बुद्ध एयरले जनाएको छ । जहाजको ल्यान्डिङ गियर नखुलेको विषय प्राविधिक समस्याका कारण नभएको बरु इण्डिकेटरको संकेतलाई याद नगरी उडान भर्दा समस्या आएको बताएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणलाई सोमबार आन्तरिक प्रतिवेदन बुझाउँदै बुद्ध एयरले उक्त जहाजमा कुनै प्राविधिक समस्या नदेखिएको दाबी गरेको हो ।

जहाजमा ल्यान्डिङ गियर खुलेको देखाउने सेकेन्डरी इन्डिकेटरले स्पष्टरुपमा काम गरेको र प्राइमरी इन्डिकेटर मधुरो बलेको अवस्थामा चालक दलले तोकिएको प्रोटोकलको पालना गर्नुपर्नेमा त्यसो नगरेको प्रतिवेदनमा उल्लेख छ । चालक दल बाह्य स्रोतमा बढी भर पर्दा त्यस्तो हुन गएको रिपोर्टमा निष्कर्ष निकालिएको छ ।

जहाजले उडान भरिसकेको छ भने चालक दललाई अस्थायी प्रतिबन्ध लगाएको छ ।