भारतमा कोभिड संक्रमणबाट मृत्यु हुनेको परिवारलाई ५० हजार क्षतिपूर्ति

भारतमा कोभिड संक्रमणबाट मृत्यु हुनेको परिवारलाई ५० हजार क्षतिपूर्ति

एजेन्सी । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसले छिमेकी मुलुक भारतमा निकै आतंक मच्चाइरहेको छ । त्यहाँ कोरोना संक्रमित र मृत्यु हुनेको संख्या उच्च रहेको छ ।

यस्तैमा भारत सरकारले कोरोना भाइरसका कारण मृत्यु हुनेको परिवारलाई क्षतिपूर्ती स्वरुप ५० हजार रुपैयाँ दिने भएको छ ।

त्यहाँको सर्वोच्च अदालतले सरकारको उक्त निर्णयलाई सदर गरेको हो । भारतको विपद् व्यवस्थापन कानुन अन्तर्गत न्यायाधिशहरूले क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । 

मृतकको परिवारले क्षतिपूर्ति माग दावी गरेको ३० दिनभित्र सो रकम प्राप्त गर्न सक्नेछन् । 

भारतमा हालसम्म कोरोना भाइरसका कारण ४ लाख ४७ हजारको मृत्य भइसकेको तथ्यांक छ ।