माधव नेपाल अस्पतालबाट डिस्चार्ज

माधव नेपाल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना भएका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल डिस्चार्ज भएका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको हो । उनलाई केही दिन घरमै आराम गर्न डाक्टरले सुझाव दिएका नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

नेपाल गएको बुधवार अस्पताल भर्ना भएका थिए । उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।