साफ च्याम्पियनसिपमा शुक्रबार राति मालेको नेशनल रंगशालामा भएको खेलको अन्तिम समयमा मनिष डाँगीले काउन्टर अट्याकमा गरेको गोल नेपालको जितमा निर्णायक बन्यो । मनिष खेलको ६८औँ मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका थिए ।
साफमा नेपालले माल्दिभ्सलाई हराएको यो पहिलो पटक हो । यसअघि दुई टोलीबीच अहिलेसम्म सात खेलमा प्रतिस्पर्धा भएको थियो । त्यसमध्ये माल्दिभ्सले पाँच जितेको छ भने दुई बराबरीमा टुंगेको थियो ।
जितसँगै नेपालले तीन अङ्क जोडेको छ । प्रतियोगितामा बंगलादेशले पनि तीन अङ्क जोडेको छ । बंगलादेशले श्रीलंकालाई १–० ले नै पराजित गरेको थियो ।