घटस्थापनादेखि फिल्म हलहरु खुल्ने

घटस्थापनादेखि फिल्म हलहरु खुल्ने

काठमाडौं । कोरोना महामारीको कारण लामो समयदेखि बन्द रहेका देशभरको फिल्म हलहरु खुल्ने भएका छन् । 

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर हलहरु खोलिन लागेको चलचित्र संघका महासचिव अशोक शर्माले जानकारी दिए । शर्माका अनुसार देशभरका फिल्म हलहरु दशैको घटस्थापनाका दिन अर्थात असोज २१ देखि खुल्ने भएको हो । पहिलो दिन अंग्रेजी फिल्म ‘फास्ट एन्ड फ्युरियस ९’ प्रदर्शन गर्ने तयारी गरिएको पनि महासचिव शर्माले बताए । 

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि फिल्म हलहरु बन्द छन् । बीचका परिस्थिती सहज भएपछि केही दिन हलहरु खुलेपछि पुनः बन्द भएको थियो ।

कोरोना महामारीले सम्पूर्ण क्षेत्रलाई आंशिक प्रभाव पा¥यो भने चलचित्र क्षेत्रलाई पूर्ण रुपमा नकारात्मक प्रभाव पारेको छ । त्यस्तै चलचित्रसम्बन्धी गतिविधिपनि प्रायः ठप्प नै छन्।