ज्वरो नियन्त्रणमा नआएपछि माधव नेपाल अस्पताल भर्ना, कोरोना परीक्षणका लागि स्वाब संकलन

ज्वरो नियन्त्रणमा नआएपछि माधव नेपाल अस्पताल भर्ना, कोरोना परीक्षणका लागि स्वाब संकलन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ज्वरो र शारीरिक कमजोरीका कारण अस्पताल भर्ना भएका छन्।

उनी बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको त्यहाँका चिकित्सकले जानकारी दिएका छन्।

उनलाई भिआइपी उपचार कक्षमा भर्ना गरिएको छ। उनको अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा। दिनेश काफ्ले जानकारी दिएका छन्। उनको उपचारसँगै कोरोना परीक्षणका लागि स्वाबसमेत संकलन गरिएको छ।