चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडीयटर्सले पहिलो जित हात पारेको छ । टियु क्रिकेट मैदानमा बुधबार विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवाले पहिलो जित हात पारेको हो ।
विराटनगरले दिएको ९० रनको सामान्य लक्ष्य भैरहवाले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो । भैरहवाको जितमा उपुल थरंगाले अविजित रहदै सर्वाधिक ३४ रन बनाए । कप्तान शरद भेषवाकर ६ रन अविजित रहे ।
प्रदिप ऐरीले २२ रन जोड्दा तमिम इकबाल र रोहित पौडेलले समान १२-१२ रन बनाए । आरिफ शेख सुन्य रनमा आउट भए । विराटनगरका रामनरेश गिरिले २ विकेट लिए । करण केसी र बसन्त रेग्मीले १-१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ४ बलमा अलआउट हुँदै ८९ रन बनाएको थियो । यस जितसँगै भैरहवाले २ खेलमा ३ अंक जोडेको छ ।