क्यानका सचिव अशोकनाथ प्याकुरेलले दिए राजीनामा

क्यानका सचिव अशोकनाथ प्याकुरेलले दिए राजीनामा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएका छन् ।

उनले बुधबार पत्रकार सम्मेलन गर्दै आफूले पदबाट राजिनामा दिएको जानकारी दिएका हुन् । अब नयाँ नेतृत्वलाई अवसर दिन आफूले सो स्थान खाली गरेको उक्त पत्रकार सम्मेलनमा जनाएका छन् । 

दुई वर्षअघि मंसिर ११ मा चन्द नेतृत्वमा प्याकुरेल सचिव पदमा निर्वाचित भएका थिए । आइतबार दुई वर्षे कार्यकाल पूरा भएको सचिव प्याकुरेल निकै आलोचना हुँदै आएका थिए । क्यानका प्रवक्ता समेत रहेका प्याकुरेलले अध्यक्ष चतुरबहादुर चन्द र कोषाअध्यक्ष रोशनकुमार सिंहसँगको सम्बन्ध बिग्रिएको थियो ।