आइपिएल क्रिकेटमा सनराइजर्स हैदराबादको दोस्रो जीत

आइपिएल क्रिकेटमा सनराइजर्स हैदराबादको दोस्रो जीत

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदरबादले दोस्रो जीत हात पारेको छ । अंक तालिकाको पुछारमा रहेको हैदरावादले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । उसका लागि सन्जु सामसनले ५७ बलमा ७ चौका र ३ छक्कासहित ८२ रन बनाए भने यशस्वी जैसवालले ३६ र मैपाल लोमररले २९ रन बनाए । 

हैदराबादका सिद्धार्थ कौलले २ तथा सन्दिप शर्मा, भुवनेश्वर कुमार र राशिद खानले १–१ विकेट लिए । 

जवाफमा १६५ रनको लक्ष्य हैदराबादले १८.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । हैदराबादका लागि जासोन रोयले ६०, केन विलियम्सनले नटआउट ५१ अभिषेक शर्माले नटआउट २१ रन बनाए भने रिद्धिमान साहाले १८ रन जोडे ।

राजस्थानका लागि मुस्ताफिजुर रहमान, मैपाल लोमारर र चेतन साकारियाले समान १–१ विकेट लिए । यो जितसँगै हैदरावादले १० खेलमा ४ अंक जोडेर तालिकाको अन्तिम स्थानमा छ भने राजस्थान ८ अंकसहित छैटौं स्थानमा छ ।