९० करोड रुपैयाँ बराबरको आइपिओ खुल्दै

९० करोड रुपैयाँ बराबरको आइपिओ खुल्दै

काठमाडौं । यही असोज २० गतेदेखि मध्यभोटेकोसी जलविद्युत कम्पनीले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ ।

कम्पनीले ९० करोड रुपैयाँ बराबरको अर्थात १ सयका दरले कुल ९० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । जसमध्ये कर्मचारीका लागि ३ लाख ६० हजार कित्ता र म्यूचुअल फण्डहरुका लागि ४ लाख ५० हजार कित्ता छुट्याएर बाँकी बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागिएको हो ।

आवेदकहरूले ढिलोमा २५ गतेसम्म आवेदन दिन सक्नेछन । कम्पनीको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । 

यसैबीच कम्पनीले आयोजना प्रभावित र जिल्लाबासीका लागि यसअघि खुलाइएको आइपिओ आज बाँडफाँड गरिएको छ ।