चर्चा रणबीर–आलियाको विवाहको

चर्चा रणबीर–आलियाको विवाहको

एजेन्सी । बलिउड अभिनेता रणबीर कपुर आफ्नो जन्मदिनमा प्रेमिका आलिया भाटलाई भेट्न जोधपुर गएका छन् । २८ सेप्टेम्बर (मंगलबार) ३९ औं जन्मदिन मनाउन लागेका रणवीरले त्यसअघि नै प्रेमिका आलियासँग ‘प्राइभेट सेलिब्रेसन’ का लागि जोधपुर गएको भारतीय संचारमाध्यमहरुमा खबर छ ।

आइतबार यो जोडीलाई जोधपुर विमास्थलमा देखिएका थिए । भारतीय मिडियामा प्रकाशित रिपोर्ट अनुसार रणबीर–आलिया छिट्टै विवाह गर्दैछन् । उनीहरु आफ्नो विवाह स्थल फाइनल गर्न र जन्मदिन मनाउन जोधपुर पुगेको बताइन्छ ।

उसोतः यो जोडीको विवाह चर्चा यो वर्ष मात्रै भएको होइन । गत वर्ष पनि रणबीर आलिया दुबैको परिवार नयाँ वर्ष मनाउन रणथंभौर पुगेका थिए । त्यतिबेला उनीहरु विवाह स्थल खोज्न र इन्गेजमेन्ट गर्न त्यहाँ पुगेको खबर सार्वजनिक भएको थियो । पछि उक्त खबर झुठो सावित भयो ।