विछोडिएका बाबु-छोरीको कथा 'छोरी'मा

विछोडिएका बाबु-छोरीको कथा 'छोरी'मा

काठमाडौं । धन सम्पत्ति प्रशस्त भएर पनि खुशी नभएका परिवारको कथामा बनेको छोटो चलिचत्र ‘छोरी’ दशैंको छेको पारेर प्रदर्शन गरिने भएको छ । अमेरिकामा धन सम्पत्ति प्रशस्त भएर पनि दशैं, तिहार, तीज जस्ता नेपालीहरुको महान चाडपर्व मनाउन नपाएकी छोरीको पीडा चलचित्रमा देख्न सकिन्छ । 

साथै परिवार र सन्तान हुँदाहुँदै पनि नेपालमा एक्लै परेका बाबुको पीडा पनि चलचित्रमा देखाइएको छ । सन्तानसँग टाढा रहनुपर्दा बाबु-आमालाई हुने पीडामा केन्द्रित रहेको चलचित्र करीब १५ मिनेटको रहेको छ । ‘छोरी’ चलचित्रलाई सुरेन्द्र थापाले प्रस्तुत गरेका छन् भने निर्माता सुवास प्रशाद पाण्डे र कार्यकारी निर्मातामा नमराज भण्डारी रहेका छन् ।

चलचित्रमा बसन्त पोख्रेलको लेखन,निर्देशन रहेको छ भने गौतमराज खड्काको सम्पादन, ज्ञानु राईको छायाँकन, मनोज राज बहाकको ध्वनी,सौगात बस्नेतको मुख्य सहायक निर्देशन र मिनाक्षी भट्टराईको श्रृंगार रहेको छ ।

दशैँको छेको पारेर डिजिटल प्रविधिबाट प्रर्दशन गरिन लागेको चलचित्र ‘छोरी’ मा बसन्त पोख्रेल, सरिता भुजेल, अजय पन्त, सुरेन्द्र थापा लगायत कलाकारहरुको अभिनय रहेको चलचित्रका प्रस्तुतकर्ता सुरेन्द्र थापाले बताए ।