‘मिस युनिभर्स नेपाल–२०२१’ का लागि आवेदन खुला

‘मिस युनिभर्स नेपाल–२०२१’ का लागि आवेदन खुला

काठमाडौं । ‘मिस युनिभर्स नेपाल’ ले नयाँ संस्करणका लागि आवेदन खुल्ला गरेको छ । सहभागी हुनचाहने प्रतिष्पर्धीहरुले असोज १४ गते (सेप्टेम्बर ३०) सम्म आवेदन दिन पाउनेछन् ।

साथै, ‘मिस युनिभर्स नेपाल’ दोस्रो संस्करणको समय तालिका पनि सार्वजनिक गरिएको छ। जसअनुसार असोज १५ मा क्वार्टर फाइनलिस्ट र असोज २४ गते सेमीफाइनलिस्ट छानिने छन् ।

कार्तिक ३ देखि १२ गतेसम्म क्लोज क्याम्प हुनेछ। प्रतियोगिताको फिनाले भने अक्टोबर ३० (कात्तिक १३ गते) हुनेछ । गतवर्षको ‘मिस युनिभर्स नेपाल’ को उपाधि अंशिका शर्माले जितेकी थिइन् ।