महिला अधिकारर्मी कमला भसिनको निधन

महिला अधिकारर्मी कमला भसिनको निधन

काठमाडौं । महिला अधिकारकर्मी कमला भसिनको निधन भएको छ। क्यान्सरबाट पीडित भनिसको सेप्टेम्बर २५ मा निधन भएको उनकी उनकी सहकर्मी कविता श्रीवास्तवले ट्विटरमार्फत सार्वजनिक गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘हाम्री प्यारी साथी कमला भसनिको आज सेप्टेम्बर २५ बिहान ३ बजे निधन भयो । यो भारत र दक्षिण एसियाली क्षेत्रमा महिला आन्दोलनका लागि ठूलो क्षति हो। कमला तपाईं सधैं हाम्रो मुटुमा रहनुहुनेछ ।’ ​​​

सन् १९४६ अप्रिल २४ मा राजस्थानमा जन्मिएकी भसिन मुख्यतः दक्षिण एसियाली नारीवादी अभियन्ताका रूपमा परिचित छिन् । साथै उनी कवि, लेखक र विज्ञ पनि हुन भने उनको १जेन्डर’सम्बन्धी पुस्तक विश्वविद्यालय स्तरमा पढाइ हुन्छ।