नेपाली राष्ट्रिय फुटबल टोली र ओमानबीच आज (आइतबार) मैत्रीपूर्ण खेल हुँदैछ । दोहास्थित कतार युनिभर्सिटीको मैदानमा नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ।
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफको तयारीका लागि हाल नेपाली टिम कतारमा प्रशिक्षण गरिरहेको छ।
यसभन्दा अगाडि नेपालले घरेलु मैदानमै भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमध्ये एक खेलमा नेपालले बराबरी खेल्दा अर्को खेल गुमाएको थियो ।
ओमानविरुद्धको मैत्रीपूर्ण खेलपछि नेपाली टिम कतारबाट साफका लागि माल्दिभ्स जानेछ ।
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुँदै छ। नेपालले आफ्नो पहिलो खेल आयोजक माल्दिभ्ससँग खेल्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ ९असोज १५० मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग, तेस्रो खेल भारतसँग र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ ।
साफ च्याम्पियन्ससिपको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा पाँच राष्ट्रको सहभागिता रहनेछ ।