माओवादी केन्द्र खारेजीको निवेदन निर्वाचन आयोगद्वारा खारेज

माओवादी केन्द्र खारेजीको निवेदन निर्वाचन आयोगद्वारा खारेज

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र खारेजीको माग अस्वीकार गरेको छ । आयोगले निवेदनसमेत खारेज गरेको छ ।

​प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरु सगुन शमशेर जबरा, जानकीकुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त बैठकले आइतबार पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको निर्णयसमेत गरेको छ ।

माओवादी केन्द्रबाट एमालेमा समाहित हुनुभएका नेताहरुसहित अधिवक्ता सरोज बुढाथोकीले असार २३ मा दिएको निवेदन निर्वाचन आयोगले खारेज गरेको हो ।