रक्सी पिएर मातिएका भैंसीहरूले खोले अवैध धन्धाको पोल !

रक्सी पिएर मातिएका भैंसीहरूले खोले अवैध धन्धाको पोल !

भारतको गुजरातमा किसानहरूलाई अवैध रक्सी राखेको आरोपमा पक्राउ गरिएको छ । ती किसानहरूले आफ्नै भैंसीलाई रक्सी पिलाएर मताएका थिए ।भैंसीहरूले अनौठो व्यवहार देखाएपछि एक किसानले पशुचिकित्सकलाई बोलाएका थिए । भैंसीहरूले पानी पिउने डुँडमा अवैध देशी दारु मिसाइएको पशुचिकित्कसले पत्ता लगाए । 

उनले तत्कालै प्रहरीलाई खबर गरे र प्रहरीले किसानहरूलाई पक्राउ गरेको हो । भैंसीले मुखबाट फिँज काढेपछि किसानले पशुचिकित्सक बोलाएको स्थानीय प्रहरी अधिकारी दिलीपसिंह बलदेवले बताए । 

खोज्दै जाँदा किसानहरूले पशुको डुँडमा अवैध रक्सी लुकाएको पाइयो । लुकाइएकामध्ये केही रक्सीको बोतल फुटेर अल्कोहल पानीमा मिसिएको थियो । प्रहरीले छापा मार्दा १०० वटा रक्सीको बोतल फेला पारेको थियो ।