यस्तो नोट छाडेर आत्महत्या गरिन् जेनीले

यस्तो नोट छाडेर आत्महत्या गरिन् जेनीले

काठमाडौं । काठमाडौंको थापागाउँस्थित सनराइज सिटी होम्स अपार्टमेन्टमा नायिका जेनी कुँवरको बिहीबार आत्महत्या गरिन् । उनले सुसाइड नोट लेखेर आत्महत्या गरिन् । सुसाइड नोटमा जेनीले आफ्नो मृत्युमा ‘कसैको दोष नभएको’ र आफु ‘डिप्रेशनको शिकार’ भएको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन् ‘पुलिस दाजु, त्यस्तो केही पनि छैन् म आफैंले गरेको हो’ । ढोकामा किला ठोकेर डोरीको  पासो लागेको अवस्थामा जेनीको शव भेटिएको थियो । 

उनले श्रीमान अपार्टमेन्टमा नभएको बेलामा यस्तो बाटो रोजेकी थिइन् । शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिने बताइएको छ ।