अत्याधिक गर्मीको कारण  मृत्यु हुनेकाे  संख्या १३० पुग्यो, तापमान ४९.५ डिग्री सेल्सियस रेकर्ड

अत्याधिक गर्मीको कारण  मृत्यु हुनेकाे  संख्या १३० पुग्यो, तापमान ४९.५ डिग्री सेल्सियस रेकर्ड

ओटावारबीबीसी । अहिलेसम्मकै उखरमाउलो गर्मीको कारण क्यानडामा दर्जनौं मानिसको मृत्यु भएको छ । भ्यानकुभर प्रहरीका अनुसार शुक्रबारयता सो क्षेत्रमा गर्मीकै कारण १३० जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।

मृत्यु हुनेहरुमा अधिकांश वृद्धवृद्धा र कुनै न कुनै रोगसँग जुधिरहेका व्यक्तिहरु छन् । मंगलबार लगातार तेस्रो दिन क्यानडाको ब्रिटिस कोलम्बियास्थित लाइटनमा अहिलसम्मकै सर्वाधिक तापमान ४९.५ डिग्री सेल्सियस रेकर्ड भयो ।

यो साता अगाडि उक्त क्षेत्रमा तापमान ४५ डिग्री सेल्सियसभन्दा बढी मापन भएको थिएन । उत्तर पश्चिमी अमेरिका र क्यानडाको आकाशमा तातो हावाको उच्च प्रवाह हुँदा सो क्षेत्रमा गर्मी बढेको बताइएको छ ।

भ्यानकुभर सहरमा मात्र ६५ जनाले गर्मीकै कारण ज्यान गुमाए । बर्नबे क्षेत्रमा मात्र ३४ जनाको एक्कासी मृत्यु भएको छ भने सर्रे क्षेत्रमा ३८ जनाले ज्यान गुमाएका छन् ।

प्रहरी सर्जेन्ट स्टिभ एडिसन भन्छन् स् यसअघि भ्यानकुभरमा यस्तो गर्मी कहिल्यै महसुस भएको थिएन, दुःखसाथ भन्नुपर्छ दर्जनौं मानिसले गर्मीकै कारण ज्यान गुमाएका छन् ।’

इन्भाइरोमेन्ट क्यानडाले बढ्दो तापक्रमबारे ब्रिटिस कोलम्बिया र अलबेटासहितका ठाउँलाई चेतावनीसहितको सूचना जारी गरेको छ । अमेरिकाको पोर्टल्यान्ड र सियाटलमा सन् १९४० यताकै सर्वाधिक गर्मी महसुस गरिएको छ । सियाटलमा ४२.२ डिग्री सेल्यिससम्म तापक्रम पुगेको छ ।