मेलम्चीमा पानीको बहाव  बढ्यो, फेरि खतराको संकेत !

मेलम्चीमा पानीको बहाव  बढ्यो, फेरि खतराको संकेत !

सिन्धुपाल्चोकस् सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा पानीको बहाव बढेको भन्दै स्थानीयहरुलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।

शुक्रबार साँझ साढे ८ बजेदेखि खोलाको बहाव बढेकोले जोखिम कायमै रहेको बताइएको छ । मेलम्ची प्रहरी कार्यालयका प्रहरी निरीक्षक टीकाराम राईले आसपासका जोखिमयुक्त क्षेत्रका मानिसहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा सारिएको बताएका छन् ।
वर्षाको अवस्था सामान्य भए पनि नदीमा बाढी फेरि आउन थालेको भन्दै स्थानीयहरु त्रसित देखिएका छन् । प्रहरी निरीक्षक टीकाराम राईका अनुसार बिहीबारको भन्दा शुक्रबार साँझ बढी बाढी आएको छ । तर बाढीको मात्रा पहिलो दिनको भन्दा केही कम रहेको बताइएको छ ।

हेलम्बु क्षेत्र लगायत उपल्लो भेगका स्थानमा यातायातको सम्पर्क समेत टुटेकाले बाढीको क्षतिबारे पूर्ण विवरण आइसकेको छैन । तीन दिनअघि याङ्ग्री र लार्के नदीमा आएको भीषण बाढीले हेलम्बु तथा मेलम्ची क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।