अभिनेत्री विद्या बालनले फिल्ममा अलग-अलग भूमिका निर्वाह गरेर बलिउडको स्टीरियोटाइप सोचलाई चुनौती दिएकी छन् । फिल्मको पात्रअनुसार आफूलाई ढाल्न सिपालु उनले आफ्नो दमदार अभिनयबाट दर्शकको मन जितेकी छन् । तर, उनी आफूले स्टीरियोटाइप सोच तोड्न कोशिश नगरेको बताउँछिन् । आफ्नो बाटोमा अवरोध आउन नदिने प्रण भने गरेको उनको भनाई छ ।
एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘म स्टीरियोटाइप सोच तोड्नका लागि तयार थिइनँ । जीवनमा आफ्नो अनुभवको माध्यमबाट र एक कलाकारको रुपमा मैले महशुस गरेको छु कि एक कलाकार भएको नाताले आफ्नो बाटोमा केही आउन दिन्नँ ।’ आफूलाई कसैले होची, मोटी, बोल्ड, निर्लज्ज, समझदार जे भनेपनि फरक नपर्ने र आफू जस्तो भए पनि बदल्न नसक्ने उनको भनाई छ ।
उनी अगाडि भन्छिन्, ‘म आफ्नो बारेमा केही बदल्न सक्दैन । यसकारण म यो स्टीरियोटाइप सोचलाई तोड्न तयार भइनँ । मैले मात्र यति भनेको छु कि यदी यो काम गरिएन भने त्यो नराम्रो हो । यो काम गर्नुपर्छ किनकि म यो काम लायक बनाउन चाहन्छु । यो काम गर्नु छ किनकि म कलाकार बन्न चाहन्छु ।’ उनी अभिनीत नयाँ फिल्म ‘शेरनी’ यही १८ जूनमा ओटीटीमा रिलिज हुँदैछ ।