गण्डकी प्रदेश सभा बैठक अवरुद्ध : जनमोर्चाका थापा पदमुक्त

गण्डकी प्रदेश सभा बैठक अवरुद्ध : जनमोर्चाका थापा पदमुक्त

गण्डकी प्रदेश सभाको शुक्रवारको बैठक अवरुद्ध भएको छ । सत्तापक्षका सांसदको अवरोधका कारण बैठक स्थगित भएको हो । सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गरेसँगै एमालेका सांसदहरु आ –आफनो स्थानवाट उठेका थिए । पछि सभामुखले किन भनी प्रश्न गर्दा एमालेका मुख्य सचेतक मायानाथ अधिकारीले मन्त्रीहरु उपस्थित नभएका कारण प्रदेशसभा सञ्चालन नियमावली अनुसार बैठक संचालन गर्न नमिल्ने बताएका थिए । अधिकारीको भनाई सँगै सभामुखले आइतबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन । 

जनमोर्चाका थापा पदमुक्त
बैठकमा सभामुखले राष्ट्रिय जनमोर्चाका तर्फवाट निर्वाचित प्रदेश सभा सदस्य कृष्ण थापा पदमुक्त भएको जानकारी गराएका थिए ।थापालाई पदमुक्त गरिएको सम्वन्धमा जनमोर्चाले पठाएको पत्र सभामुखले पढेर सुनाएका थिए । बैठकमा सभामुखले राजनीति दल सम्बन्धि ऐन २०७३ को परिच्देछ ६ दफा ३५ को उपदफा १ बमोजिम थापालाई कारबाही गरिएको सम्वन्धको सुचना पढेर सुनाएका थिए ।

जनमोर्चाले गण्डकीमा नेपाली काग्रेसको नेतृत्वमा गठन हुने सरकारलाई समर्थन गर्न सांसदहरुलाई ह्वीप जारी गरेपनि थापाले पार्टीको निर्देशन अटेरी गदै आएका थिए । बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिने समय भएको मतदानमा उनी तटस्थ बस्दै पार्टीको निर्देशन मान्न अटेर गरेका थिए । 

पार्टीको निर्देशन नमानेका भन्दै थापालाई प्रदेश सभा सदस्यवाट हटाइएको पत्र जनमोर्चाले शुक्रबार प्रदेश सभा सचिवालयमा दत्र्ता गराएको थियो । सोही पत्र अनुसार सभामुखले थापा पदमुक्त भएको सुचना बैठकलाई गराएका हुन । 
यसअघि गत बैशाखमा समेत उनले पाटीेको ह्वीप नमानी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा लागेको भन्दै २० जेठमा पार्टीले प्रदेश सभा सदस्यवाट हटाएको थियो । उनलाई २३ जेठमा अदालतले पुनःबहाली गरेको थियो । 

जनमोर्चा संसदीय दलकी नेता पियारी थापाका अनुसार बैशाखमा समेत कृष्ण थापाले पार्टीको निर्देशन अटेरी गरेका कारण पार्टीले कारवाही गरेको जानकारी दिइन् । पार्टीको कारवाहीसँगै आफुले पार्टीको ह्वीप उल्लंघन नगरेको भन्दै उनी सर्वोच्च अदालत पुगेका थिए ।

अदालतले अर्को निर्णय नभएसम्मका लागि भन्दै हाललाई कारवाही नगर्न गत आईतवार निर्देशन दिएको थियो । तर बिहीबार कृष्ण थापाले देखिने गरि पाटीको निर्देशन र ह्हीप नमानेका कारण फेरी कारवाही गर्नु परेको भनाई उनको छ । अदालतमा मुद्धा विचारधिन छ नी भन्ने प्रश्नमा उनले पहिलाको र हालको कारवाहीको अवस्था फरक रहेको बताइन् । अघिल्लो पटक जे गरेपनि यसपटक देखिने गरि पार्टीको निर्देशन र ह्वीप नमानेका कारण कारवाही गरिएको दावी उनको छ ।