व्यवसायी रुप ज्योतिलाई तीन दिन थुनामा राख्न अदातलको अनुमति

काठमाडौंः काठमाडौँ जिल्ला अदालतले पूर्व अर्थ राज्यमन्त्री तथा व्यवसायी रुप ज्योतिलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । बिहीबार पक्राउ परेपछि प्रहरीले ज्योतिलाई शुक्रबार अदालतमा हाजिर गराएको थियो ।

अदालतले ज्योति र उनकी छोरी सुरुचिलाई पनि तीन दिन थुनामा राख्न अनुमति दिएको हो ।

हाउजिङ बनाएर दिने भन्दै आफूसँग लिएको रकम फिर्ता नगरेको दाबीसहित विजेन्द्र कृष्ण मल्लले ज्योतिविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए।

उक्त जाहेरी अनुसार प्रहरीले २०७५ मंसिर २० गते नै अदालतबाट पक्राउका लागि अनुमति लिएको थियो । तर, सर्वोच्च अदालतले तत्काल पक्राउ नगर्न आदेश गरेपछि रोकिएको थियो । कात्तिक १८ गते सर्वोच्चले ज्योतिले दायर गरेको रिट खारेज गरेपछि प्रहरीले बिहीबार विमानस्थलबाट पक्राउ गरेको हो ।

पढ्नुस् :- चर्चित व्यवसायी रुप ज्योति पक्राउ, ठगी मुद्दामा अनुसन्धान हुने