राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरू, नतिजा केहीबेरमा आउने

राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरू, नतिजा केहीबेरमा आउने

 हेटौंडा । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उप(निर्वाचनको मतगणना सुरु भएको छ। 

प्रदेश राजधानी हेटौंडाको भुटनदेवी माविमा भएको मतदान सकिएपछि निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गरिएको हो। 

विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ३ सय ३८ मत खसेको थियो । 

प्रदेश सांसद १ सय ५ र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ सय ३३ जनाले मतदान गरेका थिए।