भीष्मराजको नयाँ गीत ‘म मरे भने त...’ सार्वजनिक (भिडियोसहित)

भीष्मराजको नयाँ गीत ‘म मरे भने त...’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । साहित्यकार एवम् गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भने त यो शहरको डेरामा‘’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक  भएको यो गीतमा बाबुल गिरीको संगीत, स्वर  तथा एरेञ्ज रहेको छ । द पिक स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा दिनेश राजबहाकको मिक्सिङ छ भने जनकराज खकुरेलको स्वरांकन छ ।

संजीत सागर मगरको निर्देशन रहेको गीतको भिडियोमा विश्वास भण्डारीको छायाँकन तथा सम्पादन र कृतिका श्रेष्ठको शृंगार छ । भिडियोमा फुलारा र बाबुललाई फिचर्ड गरिएको छ ।

निकै मार्मिक यो सार्वजनिक गीतमा सहरको भीडमा एक्लो भएको भाव व्यक्त गरिएको छ । आफ्ना अन्य गीत जस्तै यो सार्वजनिक गीतलाई पनि सबैले मन पराइदिनेमा आफू आशावादी रहेको फुलाराले मिलापलाई बताए । भिडियो गीतकार फुलाराको आफ्नै आधिकारीक यूट्युव च्यानल फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक गरिएको छ ।

फुलाराका यसअघि ‘जुनसरी बिलाई गयौं’, ‘कस्तो भाइरस आयो‘’ जस्ता गीत लोकप्रिय रहेका छन् । यस्तै उहाँका नफापेको मान्छे (उपन्यास), टुहुरो कुण्डली (उपन्यास), नेपाली भाषा र साहित्यको इतिहास स् त्यहाँदेखि यहाँसम्म, ओरपान हरस्कोप अंग्रेजी पुस्तक जस्ता कृति पाठकमाझ आइसकेका छन् ।