प्रधानमन्त्री ओली र नेता नेपालबीच गोप्य भेटवार्ता

प्रधानमन्त्री ओली र नेता नेपालबीच गोप्य भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । दुई नेताबीचको वार्तास्थल भने गोप्य राखिएको छ ।

पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता तय भएको हो । बिहीबार विहान अध्यक्ष ओलीले नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेका थिए ।

बिहीबार एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारबाही फिर्ता लिने निर्णय गरेको थियो । बिहीबार नै नेता नेपालसँग ओली पक्षका नेता विष्णु पौडेलले भेटवार्ता गरेका थिए ।