माधव नेपालले फोन नउठाएपछि ओली सशंकित: राजीनामा रोक्न बिहानैदेखि दौडधुप, नेपाल पक्षको माग पूरा गर्ने तयारी

माधव नेपालले फोन नउठाएपछि ओली सशंकित: राजीनामा रोक्न बिहानैदेखि दौडधुप, नेपाल पक्षको माग पूरा गर्ने तयारी

काठमाडौं । सामूहिक राजीनामा गर्ने तयारीबारे सुचना पाएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललाई तारन्तार टेलिफोन गरेका थिए । तर नेता नेपालले फोन रिसिभ नगरेपछि एकाबिहानै अर्थमन्त्री विष्णु पौडेललाई नेपाल निवासमै पठाएका छन् ।

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय सीमा सकिनै लाग्दा ओलीले नेपाल समुहको राजीनामा रोक्ने अन्तिम प्रयास गर्दैछन । यही प्रयास स्वरुप एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाललाई बुधबार राति टेलिफोन गरेका थिए । तर, नेता नेपाललेले टेलिफोन रिसिभ गरेनन् ।

नेता नेपालको फोन रिसिभ नगरेपछि महाचिव विष्णु पौडेल माधव नेपाल निवास पुगेका हुन् । नेता पौडेल ओलीको सन्देशसहित बिहानै नेपाल निवास पुगे । अहिले दुई नेताबीच छलफल भैरहेको बताइएको छ ।

बुधबार साँझ अध्यक्ष ओलीले नेता नेपाललाई तारन्तार टेलिफोन गरेको स्रोतले बताएको छ । तर नेपालले भने फोन उठाएनन् । सामूहिक राजीनामा तयार भएको सुचना बालुवाटार पुगेपछि ओली सशंकित बनेका थिए । त्यसपछि उनले नेता नेपाललाई सम्पर्क गर्न खोजेका थिए ।

नेता नेपालले फोन नउठाएपछि नेपाल समुहकै एक नेतालाई मध्यरातमा ओलेले छलफल गरेका थिए । ति नेतासंग लामो छलफल गरेपनि नेपाल समूह निर्णयबाट नफर्किने देखेपछि एकाबिहानै नेता पौडेललाई नेपाल निवास पठाएका थिए । पौडेललाई पठाएलगत्तै ओलीले आकस्मिक स्थायी कमिटी बैठक बोलाएर नेपाल समूहको कारबाही फिर्ता लिने भएका छन् ।