नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको छ।
मंगलबार अपरान्ह बसेको बैठकमा नयाँ सरकार गठन गर्न अन्य दलसँग परामर्श गर्नेलगायत रणनीतिबारे छलफल भएको स्रोतको भनाइ छ। केहीबेर अगाडि बैठक सुरू भएको हो।
पदाधिकारी बैठकअघि सभापति देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए।
राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न बिहीबारसम्म समय दिएकी छन्। कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो।
आजको बैठकमा १४ औं महाधिवेशन तयारीबारे पनि छलफल हुनेछ। कांग्रेसले भदौ ७ देखि महाधिवेशन गर्ने कार्यतालिका ल्याएको छ। क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम केही जिल्लामा अझै बाँकी नै छ।