ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं। प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

दोस्रोपटक विवादास्पद अध्यादेश जारी गरेपछि ओलीले आइतबारका लागि बैठक बोलाएका हुन्। संवैधानिक निकायमध्ये लोकसेवा आयोग पूर्ण रुपमा खाली छ भने समावेशी आयोग, निर्वाचन आयोगमा पनि पदाधिकारी खाली छन्।

बैठकका लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रियसभा अध्यक्षका गणेशप्रसाद तिमिल्सिनालाई लिखित जानकारी गराइएको छ भने सभामुख अग्नि सापकोटालाई यसबारे शुक्रबार दिउँसोसम्म जानकारी दिइएको छैन।