वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन

वरिष्ठ गायक तथा   संगीतकार प्रेमध्वज प्रधानको निधन

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको बिहीबार दिउँसो निधन भएको छ । उनको सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा निधन भएको हो ।

संगीतकार लक्ष्मण शेषले आफूलाई प्रेमध्वजकी श्रीमतिले उनको निधन भएको जानकारी दिएको बताए । ‘मलाई भाउजूले फोन गरेर उहाँको निधनको बारेमा जानकारी दिनुभएको छ । विस्तृत बुझ्न बाँकी छ’,। छातीमा समस्या देखिएपछि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

गायक प्रधानको पाँचवर्ष अघि सन् २०१६ मार्च १५ मा हैमाटोमाको सफल शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात उनी निकै स्वस्थ देखिएका थिए ।

गायक प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो त्यो गाउँको’ र ‘पर लैजाउ फूलहरु’लगायतका गीत लोकप्रिय छन् ।