नेता पौडेल अस्वस्थ भएपछि कांग्रेस पदाधिकारी बैठक स्थगित

नेता पौडेल अस्वस्थ भएपछि कांग्रेस पदाधिकारी बैठक स्थगित

नेपाली कांग्रेस पदाधिकार बैठक स्थगित भएको छ । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक मंगलबार बस्ने गरी स्थगित भएको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । 

महतका अनुसार सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक सन्दर्भमा र १४ औं महाधिवेशनबारे छलफल गर्ने बैठक बोलाए पनि वरिष्ठ नेता पौडेलको आग्रहमा सोमबारको बैठक मंगलबार सारिएको हो । 

पौडेलले आज आफूलाई अलि सञ्चो नभएको भन्दै बैठक सार्न आग्रह गरेका थिए ।