कांग्रेसको १५औं महाधिवेशन: सभापति पदमा गगन थापासहित तीन जनाको उम्मेदवारी

कांग्रेसको १५औं महाधिवेशन: सभापति पदमा गगन थापासहित तीन जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि तीन जनाको आधिकारिक उम्मेदवारी परेको छ। असोज २२ गते हुने निर्वाचनका लागि गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले सभापति पदमा मनोनयन दर्ता गराएका हुन्।

निर्वाचन समितिका अनुसार सभापति पदमा सबैभन्दा पहिले नेता श्यामकृष्ण खड्गीले मनोनयन पत्र दर्ता गराएका थिए।

त्यस्तै महामन्त्री गगनकुमार थापाले मङ्गलवार साँझ साढे ६ बजे राष्ट्रिय सभागृहस्थित निर्वाचन समितिको कार्यालय पुगेर सभापतिमा उम्मेदवारी दर्ता गराए। थापापछि अर्का नेता किशोरसिंह राठौरले मनोनयन दर्ता गराएका हुन्। राठौर १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा निर्वाचित भएका थिए।

उम्मेदवारी दर्तासँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा औपचारिक रूपमा सुरु भएको छ।

छुटाउनुभयो कि ?