सभामुख सापकोटाविरुद्धको मुद्धा आज पनि हेर्न नभ्याइनेमा

सभामुख सापकोटाविरुद्धको मुद्धा आज पनि हेर्न नभ्याइनेमा

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्धा आज पनि हेर्न नभ्याइनेमा राखिएको छ । संवैधानिक इजलासले अन्य मुद्दाको चापका कारण हेर्न नभ्याइनेमा राखेको हो ।

लामो समयदेखि चलिरहेको द्वन्द्वकालीन मुद्दाको पेशी सर्वोच्च अदालतको संवैधानिक इजलासमा चढेको थियो । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की,मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् ।

माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सापकोटाविरुद्ध २०६८ सालमा अर्जुनकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले मुद्दा दर्ता गरेका थिए ।