भारतको नयाँदिल्लीमा एक हप्ताका लागि लकडाउन

भारतको नयाँदिल्लीमा एक हप्ताका लागि लकडाउन

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा आज राति १० बजेदेखि लागू हुने गरी एक साताका लागि लकडान घोषणा गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अप्रिल २६ तारिकसम्म लकडाउन गर्ने निर्णय भएको जानकारी दिए । 

पछिल्लो समय निरन्तर कोरोना सङ्क्रमण बढेको भन्दै केजरीवालले सर्वसाधारणलाई यो लकडाउनको पालना गर्न र एक हप्ताको लकडाउनको क्रममा मानिसहरुलाई घरभित्रै बस्न केजरीवालले आग्रह गरेको भारतीय समाचार संस्था आजतकले जनाएको छ ।
साथै उनले लकडाउन अवधिभर अत्यावश्यक सेवा भने सञ्चालन हुने बताए । विवाह, मेट्रो, बस, बैंक, एटीएम र धार्मिक स्थल खुल्ला हुने बताए । तर, ५० जनाभन्दा धेरै भेला हुन नपाइने उनको भनाइ छ ।

पछिल्लो केही सयमयता दैनिक २५ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिइरहेको भन्दै सो निर्णय गर्न जरुरी रहेको दिल्लीका मुख्यमन्त्री केजरीवालले बताए । यो लकडाउनले कोरोना सङ्क्रमण अन्त्य नभए पनि सङ्क्रमण दरमा केही मात्रामा भए पनि कमी आउन सक्ने उनले बताए ।

केजरीवालले पछिल्लो समय दिल्लीको स्वास्थ्य प्रणालीमा नै समस्या बढेकाले लकडाउनको समयमा दिल्लीमा सङ्क्रमितको लागि अक्सिजन, औषधि, बेडको सङ्ख्या बढाउनेजस्ता काम हुने बताए ।