बादल फेरि गृहमन्त्रीमा नियुक्त, आजै सपथग्रहण गराइने

बादल फेरि गृहमन्त्रीमा नियुक्त, आजै सपथग्रहण गराइने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका रामवहादुर थापा बादललाई गृहमन्त्रीमै पुनःनियुक्ति गरेका छन् । बादललाई आजै साँझ ५ बजे राष्ट्रपति निवासमा सपथग्रहण गराउने तयारी गरिएको छ । 

नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो ।

संसद सचिवालयले आज विहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको छ । यसअघि माओवादीले प्रतिनिधिसभाका चारजना सदस्य एमाले प्रवेश गरेपछि उनीहरुको पद रिक्त गराइसकेको छ । त्यस्तै एमाले प्रवेश गरेका प्रदेसशभा सदस्यहरुको पद पनि रिक्त गराइएको छ ।