प्रधानमन्त्री ओलीले आज द्वन्द्वपीडितलाई सम्मान गर्दै

प्रधानमन्त्री ओलीले आज द्वन्द्वपीडितलाई सम्मान गर्दै

काठमाडौं । नयाँ वर्ष २०७८ का अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वपीडितलाई सरकारका तर्फबाट आज सम्मान गर्दैछन्।

तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वकालमा लडाकु रहेका र हालसम्म राज्यले उचित सम्मान र सम्बोधन नगरेका र अन्य पीडितलाई सम्मान गर्न लागिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार राष्ट्रका नाममा सम्बोधन सकेर दिउँसो प्रधानमन्त्री ओली उक्त सम्मान कार्यक्रम सहभागी हुँदैछन् ।