भारतमा एकैदिन थपिए १ लाख ६९ हजार कोरोना संक्रमित

भारतमा एकैदिन थपिए १ लाख ६९ हजार कोरोना संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना दोस्रो चरणको महामारी बढ्दो क्रममा छ । दिनहुँ संक्रमितको संख्या बढिरहेको छ । विगत २४ घन्टामा मात्रै भारतमा १ लाख ६९ हजार बढी नयाँ भाइरसका संक्रमित थपिएका छन् ।

विश्वका अन्य देशको तुलनामा भारतमा संक्रमण दर उच्च भएको छ । एकैदिन ९ सय ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । भारतमा हालसम्म १ लाख ७० हजार भन्दा बढिको कोरोनाका कारण मृत्यु भइसकेको छ । भारतमा कोभिड १९ विरुद्धको खोप अभियान पनि जारी छ ।

संक्रमितको संख्या अत्याधिक रुपमा बढिरहदा खोप अभावका कारण अभियान प्रभावित बन्न पुगेको छ । भारत पछि सबैभन्दा बढि संक्रमित अमेरिकामा थपिएका छन् । अमेरिकामा विगत २४ घन्टामा ४७ हजार बढिमा संक्रमण देखिएको छ भने ब्राजिलमा ३७ हजार बढिमा संक्रमण देखिएको छ ।