शिवपुरीको आगलागी नियन्त्रण गर्न हेलिकोप्टरबाट पानी हालियो

शिवपुरीको आगलागी नियन्त्रण गर्न हेलिकोप्टरबाट पानी हालियो

काठमाडौं । काठमाडौंको शिवपुरी जङ्गलमा भएको आगलागी नियन्त्रण गर्न हेलिकोप्टरबाट पानी हालिएको छ । 

आइतबार बिहान करिब १० बजेदेखि शुरु भएको आगलागी फैलिँदै गएपछि हेलिकोप्टरको सहायता लिइएको हो । प्रहरीका अनुसार अहिलेसम्म आगो के कारणले लगोको पत्ता लागेको छैन । 

आगो नियन्त्रणमा लिन नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् । सिम्रिक एयरलाइन्सले पानी हालेको प्रहारी प्रभाग बुढानिलकण्ठले जानकारी दिएको छ । 

यसैगरी दुई–तीन वटा दम्कल आगलागी स्थलमा पुगिसकेको प्रहरीले जनाएको छ । चार सय मिटरको डाएमिटरको हाराहारीमा आगलागी भएको बताइएको छ ।