भारतमा एकैदिनमा एक लाख २७ हजार जनामा कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिनमा एक लाख २७ हजार जनामा कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सरकारी अधिकारीहरुले  दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना संक्रमित भएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्मकै सवैभन्दा धेरै एकैदिन एक लाख २६ हजार ७८९ जना नयाँ संक्रमित थपिएको जनाएको छ । पछिल्लो विवरणसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड २९ लाख २८ हजार ५७४ पुगेको छ ।  

पछिल्लो एक दिनमा भारतमा ६८५ जनाको कारोनभाइरसका कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या एक लाख ६६ हजार ८६२ पुगेको छ ।     

भारतमा अहिलेपनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या नौ लाख १० हजार ३१९ रहेको छ । यसअघि एकैदिनमा सवैभन्दा धेरै बुधबार एक लाख १५ हजार ७३६ जना संक्रमित भएका थिए ।     

पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी संक्रमित भएका छन् । यो तथ्याङ्कले भारतमा नयाँ संक्रमितहरुको संख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।