काठमाडाैं । गृह मन्त्रालयले आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । गृह मन्त्रालयको विहीबारको निर्णयअनुसार शिवराम गेलाल बाँके, धर्मेन्द्र मिश्र पश्चिम नवलपरासी, होमप्रसाद लुइँटेल लमजुङको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी नवराज सापकोटा रोल्पा, सुनील खनाल डोटी, भरतमणि पाण्डे मकवानपुर, गोपाल अधिकारी बाजुरा र राजेन्द्रदेव पाण्डे बैतडीको सिडिओ भएका छन् ।
यस्तै गृह मन्त्रालयले नारायण भट्टराईलाई अध्यागन विभागको महानिर्देशक बनाएको छ ।