भारतमा पछिल्लो २४ घण्टामा थपिए १ लाख २६ हजारभन्दा धेरै कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा थपिए १ लाख २६ हजारभन्दा धेरै कोरोना संक्रमित

काठमाडौं । भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितको सङ्ख्या ९ लाख नाघेको छ । गएको २४ घण्टामा १ लाख २६ हजारभन्दा धेरै संक्रमित थपिएसँगै सक्रिय संक्रमितको सङ्ख्या ९ लाख १० हजार पुगेको वर्ल्डओमिटरले जनाएको छ ।

भारतमा गएको २४ घण्टामा ६ सय ८४ जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख ६६ हजार ८ सय ९२ पुगेको छ ।

भारतमा अहिलेसम्म १ करोड ९२ लाखभन्दा धेरैलाई संक्रमण भएको छ । यस्तै, दिल्लीमा कोरोनाको कारण अवस्था गम्भीर बन्दै गएको छ । त्यहाँका बालबालिका र युवा पनि संक्रमणको उच्च जोखिममा परेका छन् ।

दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले बिरामीको बढ्दो सङ्ख्यालाई मध्यनजर गर्दै तीन दिनमा दुई हजार शय्या थप गरिएको बताए । यसैबीच कोरोना महामारीका कारण महाराष्ट्रमा कक्षा ११ को परीक्षा नहुने भएको छ । परीक्षा नलिइकन १२ कक्षामा विद्यार्थीलाई पठाइने त्यहाँका शिक्षा मन्त्रीले बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।