भारतमा पछिल्लो २४ घण्टामा थपिए ८९ हजारभन्दा बढी नयाँ संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा थपिए ८९ हजारभन्दा बढी नयाँ संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन तीव्र रुपमा वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै ८९ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ भन्दा बढी छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार भारतमा हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या एक करोड २३ लाख नाघेको छ । भारतमा कोरोना भाइरसको संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या पनि एक लाख ६४ हजार नाघेको छ । सङ्क्रमित र मृतकहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि राजधानी दिल्लीमा भने लकडाउन लागू गर्ने कुनै योजना नरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले बताए ।

महामारी फैलिँदै गएकाले फेरि लकडाउन लागू हुने आशङ्का र चर्चा चलिरहेका बेला शुक्रबार उनले लकडाउन गर्ने योजना नरहेको स्पष्ट पारे ।