अमेरिकी संसद् भवन परिसरमै आक्रमण, एक प्रहरीको हत्या

अमेरिकी संसद् भवन परिसरमै आक्रमण, एक प्रहरीको हत्या

काठमाडौं । अमेरिकाको संसद् भवन (क्यापिटल बिल्डिङ) परिसरमा एक व्यक्तिले आक्रमण गर्दा एक प्रहरी अधिकारीको मृत्यु भएको छ भने अर्का प्रहरी अधिकारी गम्भीर घाइते भएका छन्।

बीबीसीका अनुसार घाइते प्रहरी अधिकारीको उपचार भइरहेको छ। अमेरिकी प्रहरीका अनुसार एउटा कारले सुरक्षा बारमा ठक्क दियो र त्यसपछि कारको चालकले प्रहरीलाई अन्धाधुन्ध चक्कुले हान्यो। त्यस क्रममा एक प्रहरी अधिकारीको मृत्यु भएको हो भने अर्का घाइते भएका हुन्।

प्रहरीले पनि ती व्यक्तिलाई गोली हानेर मारेको छ। ती आक्रमणकारी व्यक्ति २५ वर्षका छन् भने उनको नाम नोआग्रह ग्रिन हो। तर ती व्यक्ति यसअघि कुनै अपराधमा संलग्न भएको नपाइएको अमेरिकी प्रहरीले जनाएको छ।

यस्तै ती व्यक्तिको हमलाबाट प्रहरी अधिकारी विलियम इवान्स मारिएको क्यापिटल प्रहरी प्रमुख योगानान्द पिटम्यानले जानकारी दिए। उनी क्यापिटल प्रहरीमा १८ वर्षदेखि कार्यरत थिए।