भारतमा एकै दिन थपिए ८१ हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा एकै दिन थपिए ८१ हजारभन्दा बढी कोरोना संक्रमित

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ८१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या १ करोड २२ लाख नाघेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणका कारण एकै दिन ४ सय ६९ जनाको मृत्यु भएको छ। पछिल्ला दिनहरूमा संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको भारतीय अधिकारीहरूले जनाएका छन्। 

भारतमा भाइरसका कारण ज्यान गुमाउनेको कुल संख्या १ लाख ६३ हजार ३ सय ९६ पुगेको छ। कुल संक्रमितमध्ये १ करोड १४ लाखभन्दा बढी निको भइसकेको मन्त्रालयको तथ्यांक छ। कोरोना भाइरस प्रभावित देशको सूचीमा भारत तेस्रो स्थानमा छ ।