पछिल्लो २४ घण्टामा भारतमा थपिए यो वर्षकै धेरै कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा भारतमा थपिए यो वर्षकै धेरै कोरोना संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण पछिल्लो समय दैनिक रुपमा बढ्दै छ। पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ।

यो संख्या वर्षकै धेरै रहेको बताइएको छ। यसअघि शनिबार ६२ हजार २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। पछिल्लो वृद्धिसँगै संक्रमितको कुल संख्या १ करोड १९ लाख ७१ हजार ४ पुगेको बताइएको छ।

हालसम्म भारतमा १ करोड १३ लाख २१ हजार ५ सय ७८ जना सङ्क्रमणमुक्त भएको बताइएइको छ। भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ८७ हजार ८ सय ४० छ ।

यस्तै सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६१ हजार ५ सय ८६ पुगेको छ ।  पछिल्लो २४ घण्टामा भारतमा थप ३ सय ११ जनाको मृत्यु भएको छ