भिजिबिलिटी कम भएपछि काठमाडौं एयरपोर्ट बन्द, उडान खुल्ने अनिश्चित

भिजिबिलिटी कम भएपछि काठमाडौं एयरपोर्ट बन्द, उडान खुल्ने अनिश्चित

काठमाडाैं । उडानयोग्य भिजिबिलिटी नभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका अनुसार विमानस्थलमा उडानका आवश्यक भिजिबिलिटी नभएपछि उडान बन्द गरिएको हो।

विमानस्थल प्रमुख प्रताप तिवारीकाअनुसार तीन बजेदेखि उडान बन्द रहेको छ। उडानका लागि ८ सय मिटरसम्म देखिने हुनुपर्छ। तर काठमाडौंमा अहिले त्योभन्दा न्यून छ।

अवतरणका लागि साना जहाजका लागि १६ मिटर भिजिबिलिटी चाहिन्छ भने ठूला जहाजका लागि २८ सय मिटर चाहिन्छ। अहिलेको मौसमी प्रतिकूलताका कारण बन्द भएको उडान खुल्ने निश्चित छैन।